
काठमाडौं । नेकपा (एकीकृत समाजवादीले एमसीसीसँगै अनुमोदनको गरिएको व्याख्यात्मक घोषणाले देशलाई अप्ठ्यारो अवस्थामा पु¥याउबाट रोकिएको दाबी गरेको छ ।
मंगलबार नयाँ बानेश्वरको एक पार्टी प्यालेसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा जारी प्रेस नोटमा आफ्नो पार्टीले व्याख्यात्मक घोषणासहितको अनुमोदन गर्न पहल नगरेको खण्डमा जस्ताको तस्तै पारित हुने खतरा रहेको बताइएको छ ।
‘यदि हामीले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी कम्प्याक्ट जस्ताको तस्तै अनुमोदन हुने खतरा थियो र त्यसले देशलाई अप्ठ्यारो अवस्थामा पुर्याउन सक्दथ्यो,’ प्रेसनोटमा भनिएको छ, ‘त्यसो हुनबाट रोकिएको छ, यसलाई हाम्रो पार्टीले लिएको अडान र सचेतना अभियानको सफलताको रूपमा लिनुपर्दछ ।’
एकीकृत समाजवादीले इन्डो प्यासेफिक स्ट्राटेजी आईपीएसमा नेपाललाई सहभागी गराउने कार्य नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रित्व कालमा भएको भन्दै उनले उत्पन्न गराएको जटिलता र संशयपूर्र्ण क्रियाकलापलाई अहिलेको गठबन्धनले निकास दिनुपर्ने बाध्यात्मक अवस्था रहेको दाबी गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्