
काठमाडौं । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा सुरूङ बनाउन सम्भाव्यता अध्ययनका लागि राष्ट्रिय योजना आयोगले निर्देशन दिएको छ ।
उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाको अनुगमनमा पुग्नु भएका आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले म्याग्दी खण्डमा सुरुङका लागि अध्ययन र उपल्लो मुस्ताङमा कालोपत्रे गर्न निर्देशन दिनुभएको हो ।
पहिरो, कमजोर भुगोल र चट्टानी पहाड भएको म्याग्दी खण्डका दुई स्थान भिरकाटे र रुप्से खण्डमा सुरूङ बनाउनका लागि अध्ययन गर्न र उपल्लो मुस्ताङमा निर्माण भएको सडकलाई कालोपत्रे गर्न निर्देशन दिनुभएको आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो ।
आयोजनाले भिरकाटेमा ३५० मिटर सुरुङ बनाउन प्रारम्भिक अध्ययन गरिसकेको छ । चीन र भारत जोड्ने नेपालको छोटो दूरीको कालीगण्डकी कोरिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो ।
प्रतिक्रिया दिनुहोस्