
काठमाडौं । बेलायतकी एक महिलाले अचानक स्मरण शक्ति गुमाउँदा आफ्नो परिवार नै बिर्सेकी छिन् ।
४३ वर्षीय क्लेयर माफेट नाम गरेकी ती महिलालाई अचानक रुघा लागेपछि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा चिकित्सकहरुले उनलाई लामखुट्टेको टोकाइले हुने इन्सेफ्लाइटिस् रोग लागेको पत्ता लगाएका थिए । इन्सेफ्लाइटिसबाट उनी गम्भीर विरामी परिन् । उनी निको हुँदा २० वर्ष अघिका सबै कुरा विर्सिइन । चिसोको कारण रुघाको लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । जहाँ १६ दिन भन्दा बढि उनलाई भेन्टिलेटरमा राख्नु परेको थियो । जब उनी होसमा आइन्् उनलाई आफ्नो २० वर्ष अगाडिका कुराहरु केहिपनि याद आएन ।
अन्तर्राष्ट्रिय संचार माध्यमका अनसार त्यस दिन उनी चिसोका कारणले छिट्टै सुतेकी थिइन् । भोलिपल्ट बिहान उनका श्रीमानले उनलाई उठाउने कोसिस गरेका थिए । तर मफेट बेहोस भएर नउठेपछि उनका श्रीमानले ब्रूमफील्ड अस्पतालमा भर्ना गरेका थिए । उपचारको क्रममा स्वास्थ्यमा कुनै सुधार नआएपछि उनलाई ‘रोयल’ नामको बेलायती अस्पतालमा भर्ना गरिएको थियो ।
त्यहाँ उपचार गर्दा चिकित्सकहरुले मस्तिष्क सुन्निएको पुष्टि गरेका थिए । माफेट १६ दिन पछि होसमा आइन् तर, उनको स्मरणशक्ति भने हरायो ।
उनले आफूले आफ्नो बिवाह,श्रीमान र सन्तानलाई समेत बिर्सिएको संचारमाध्यमहरुसंग बताएकी छिन् । माफेट अहिले पत्रकारिता पेशामा संग्लन छिन् ।
उनले आफुलाई लागेको रोगकाबारे जनचेतना पनि फैलाइरहेकी छिन् । उनको स्मरण शक्ति विस्तारै बढ्दै गरेको चिकित्सकहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्