६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


कुबुद्धि हटेपछि अवरोध अन्त्य हुन्छ : अध्यक्ष नेपाल


0
Shares

काठमाडों । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कुबुद्धि हटेपछि मात्र संसदको अवरोध अन्त्य हुने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीमाझ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले प्रमुख प्रतिपक्ष दल एमालेप्रति इंगित गर्दै कुबुद्धि हटेपछि मात्रै संसदको अवरोध अन्त्य हुने बताउनुभयो ।

‘जहिले कुबुद्धि सप्रिन्छ, तैले अवरोध अन्त्य हुन्छ,’ अध्यक्ष नेपालले भन्नुभयो, ‘सत्ता पक्षले धेरै टुनामुना लगाइरहेको छ, काम लागेको छैन, यसले झनै आफ्नै प्र्रतिष्ठा खस्काएको छ ।’

अध्यक्ष नेपालले सत्तापक्षले संसद सुचारु गराउन टुनामुना गरिरहे पनि सफल हुन नसकेको बताउनुभयो । नेकपा एमालेले संसद अवरोध गरेर जनताप्रति विश्वासघात गरेको आरोप लगाउँदै उहाँले आगामी निर्वाचनमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो ।

‘प्रतिपक्षीको अवरोधले लोकतान्त्रिक प्रतिवद्धताको प्रश्न खडा गरेको छ,’ उहाँले थप्नुभयो, ‘जनताको विश्वासप्रति घात गर्ने काम भएको छ, यसको मूल्य उहाँले आउने चुनावमा तिर्नुपर्छ ।’