१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशका केही स्थानमा मेघगर्जन-चट्टयाङ्ग र वर्षाको सम्भावना


156
Shares

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

आज बिहिबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहिबार दिउँसो भने सुदुरपश्चिम, कर्णाली तथा प्रदेश-१ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदुरपश्चिम प्रदेशको पहाडी भू-भाग र बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा भने मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना हुनेछ । सुदुरपश्चिम प्रदेश र बाँकी प्रदेशका केही स्थानका उच्च पहाडी तथा हिमाली भू-भागमा भने हल्का हिमपातको समेत सम्भावना रहेको छ।

बिहिबार राती भने देशको पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू-भागमा मौसम सामान्यता सफा हुनेछ । देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको समेत सम्भावना हुनेछ ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।