
कैलाली । एमसीसीको व्याख्यात्मक घोषणाको नाममा सत्ता गठबन्धनले जनतामाथि भ्रम छर्ने काम गरेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले आरोप लगाउनुभएको छ ।
आज बिहिबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कानून र संविधानले मान्यता नदिएको विषयमा जनतालाई भ्रमित पारिएको बताउनुभयो । कुनैपनि विषयमा संशोधन नहुने गरी हुबहु पारित गरेको भन्दै व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको समेत उहाले स्पष्ट पार्नुभयो ।
शेरबहादुर देउवाकै नेतृत्वमा माओवादी सहितको सरकारले हस्ताक्षर गरेको बताउदै महासचिव पोखरेलले उनीहरू मिलेर पारित गरेको बताउनुभयो । व्याख्यात्मक घोषणा गरेर लाज जोगाउने प्रयास गरेको बताउदै उहाँले कार्यकर्ताहरूलाई भ्रम सृजना गरिएको बताउनुभयो ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान र कानूनले व्याख्यालाई कानूनी हैसियत प्रदान नगर्ने समेत दावी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्