
काभ्रे । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले दिएको सुझावका आधारमा गठबन्धनको भविष्य निर्धारण हुने बताउनुभएको छ ।
काभ्रेको धुलिखेलमा पत्रकारसँग कुराकानीमा नेता सिंहले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन कायम रहने वा नरहने भन्ने विषय वडातहसम्मको जनताको सुझावमा तय गरिने बताउनुभयो ।
नेपाली कांग्रेस एक्लै चुनाव लड्न पनि तयार रहेको र लोकतान्त्रिक पार्टी भएकाले जनताले चाहेमा गठबन्धन गर्नका लागि पनि तयार रहेको उहाँको भनाइ छ ।
एमसीसीमा धेरैको विमति हुँदाहुँदै नेपाली कांग्रेसले समन्वयात्मक भूमिका निर्वाह गरेर अधिकतम समझदारी कायम गरेको उहाँको दाबी छ ।
नेता सिंहले अब सरकारले तोकिएको मितिमा स्वस्छ, निश्पक्ष र धाँधलिरहित रूपमा निर्वाचन गर्न ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्