१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विन्टर पारा ओलम्पिक–२०२२ मा रुस र बेलारुसमाथि प्रतिबन्ध


78
Shares

एजेन्सी । चीनको राजधानी बेइजिङमा हुन लागेको विन्टर पारा ओलम्पिक–२०२२ मा रुस र बेलारुसमाथि प्रतिबन्ध लगाइको छ ।

बिहीबार अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटी (आईपीसी)ले विज्ञप्ति जारी गरी पारा ओलम्पिकमा सहभागी खेलाडीहरूको सुरक्षालाई दृष्टिगत गर्दै रुस र बेलारुसलाई खेलमा प्रतिबन्ध गरिएको जनाएको हो ।

आईपीसी प्रमुख एन्ड्रू पार्सन्सले, खेलकुद र राजनीति भिन्न क्षेत्र भएकाले दुवैलाई एउटै नजरबाट हेरिनु हुँदैन भन्नेमा आफूहरू सचेत रहेको बताए ।

रुस र युक्रेनबीच बढ्दै गएको तनाबका कारण खेलकुद क्षेत्रमा समेत असर परेको बताउँदै उनले रुस र बेलारुसमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको बताएका हुन् ।

पछिल्ला केहि दिनयता रुसले युक्रेनमाथि गरेको आक्रमणलाई लिएर विभिन्न संघसंस्था र देशहरूले रुसका अधिकारी र विभिन्न संघ/संस्थामाथि प्रतिबन्ध लगाएका छन् ।

पारा ओलम्पिकको उद्घाटन शुक्रबारबाट हुँदैछ । खेल भने शनिबारबाट सुरु हुने जनाइएको छ ।