
कपिलवस्तु । कृष्णनगर नगरपालिकाको ८ र ९ को संयुक्त वडा कार्यालय तथा सुरई खोलामा झोलुङ्गे पुलको एकैसाथ उद्घाटन गरिएको छ ।
नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नगरभित्रका अधिकांश ठूला योजनाहरु निर्माण सम्पन्न भइसकेकाले उद्घाटनगरि सुचारु गर्न लागिएको बताउनुभयो ।
नगरप्रमुख शाहले बहादुरगजमा संयुक्त वडा कार्यालय तथा डुमाई, पुरुषोत्तमपुर लगायतका गाउँलाई नगर केन्द्र र लिंकरोड जोड्ने सुरई खोलामा बनाइएको झोलुङ्गे पुलको उद्घाटन गरेर संचालनमा ल्याइएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्