
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
बैठक केहीबेरअघि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सुरु भएको हो । गत पुसमा सम्पन्न महाधिवेशनपछि पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकबाट पार्टी महासचिवसहित अन्य पदाधिकारीहरु चयन गरिने माओवादीको तयारी छ ।

तर, एमसीसी सम्झौता अनुमोदनपछि पार्टीभित्र उत्पन्न विवादले बैठक प्रभावित हुने देखिएको छ । आठौं महाधिवेशनको म्याण्डेट विपरीत एमसीसी अनुमोदनमा पार्टी संलग्न भएको भन्दै माओवादीभित्र चरम असन्तुष्टि बढेको छ ।

पूर्व एकताकेन्द्र समूहले एमसीसी अनुमोदनलाई गम्भीर रूपमा लिएको छ । नेता नारायणकाजी श्रेष्ठले एमसीसी अनुमोदन गर्ने निर्णयविरुद्ध छुट्टै प्रस्ताव लैजाने बुझिएको छ । यस्तै पार्टीको महासचिव कसलाई बनाउने भन्ने विषय पनि माओवादीभित्र उत्तिकै पेचिलो बनेको छ ।
प्रतिक्रिया दिनुहोस्