१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकी सांसद ग्राहमले राष्ट्रपति पुटिनलाई मार्न अपिल गरेपछि रुस आक्रोशित


13.403k
Shares

काठमाडौं । अमेरिकी सांसद सिनेटर लिंड्से ग्राहमले रुसले युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनको हत्या गर्नु पर्ने बताएपछि रुस आक्रोसित बनेको छ ।

युक्रेन र रुसबीच युद्ध चर्किरहेका बेला ग्राहमले एक टेलिभिजन अन्तर्वार्तातामा पुटिनलाई मार्न रुसबाट कोही अघि सर्नुपर्ने र त्यसपछि मात्रै यो युद्ध रोकिन सक्ने बताएका थिए । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार ग्राहमको यो भनाईले रुस क्रुद्ध बनेको छ ।

अमेरिकाका लागि रुसी राजदुतले पुटिनको हत्या गर्ने कुरालाई अपराध भनेका छन् । अमेरिकाका लागि रुसी राजदूत अनातोली एन्टोनोभले यसबारे अमेरिकी अधिकारीहरुले स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।


एजेन्स