
बागलुङ । कालीगण्डकी कोरिडोरको बागलुङ सडक खण्ड कालोपत्रे हुनेभएको छ ।
कोरिडोरको बागलुङ खण्ड अन्तरगत मालढुङ्गा–बलेवा खण्डको १० किलोमिटर सडक खण्ड कालोपत्रे हुनेभएको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो सडक बागलुङ खण्ड अन्तरगतको मालढुङ्गा–टाकुरी–पालुङखोला ३८ किलोमिटर सडक विभागलाई हस्तान्तरण भइसकेको छ ।
हस्तान्तरण भएको ३८ किलोमिटर सडकमध्ये सुरुमा हस्तान्तरण गरिएको मालढुङ्गादेखि बलेवा विमान स्थलसम्मको सडक कालोपत्रका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरी सकेको छ ।
नेपाल सरकारले कालिगण्डकी कोरिडोरको कालोपत्रेका लागि गैडाकोट–राम्दी–मालढुङ्गा सम्मको सडक कालोपत्रका लागि विनियोजन भएको १ अर्ब १ करोड १८ लाख १७ हजार मध्य बागलुङ खण्ड अन्तरगत मालढुङ्गथा बलेवा विमानस्थलसम्मको १० किमी सडक कालोपत्रका लागि बहुवर्षीय ठेक्का प्रकृयामा जानेभएको हो ।
सडक विभागलाई हस्तान्तरण गरेको २ वर्षपछि सडक कालोपत्रेका लागि बजेट विनियोजन भएको हो ।
प्रतिक्रिया दिनुहोस्