१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


रुसद्वारा युक्रेनमा युद्धविरामको घोषणा,फसेका मानिसहरूलाई बाहिर निकाल्ने निर्णय


1.872k
Shares

एजेन्सी । रुसले युक्रेनमाथि हमला गरेको १० दिन पछि युद्धविरामको घोषणा गरेको छ ।

शनिबार रुसको तर्फबाट युद्धविरामको घोषण भएको हो । रुसले युद्धमा फसेका मानिसहरूको उद्धार गर्नका लागि अस्थायी युद्धविरामको निर्णय लिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

नेपाली समय अनुसार शनिबार विहान ११ बजेर १५ मिनेट जाँदा युद्धविरामको घोषण गरिएको हो । खासगरी मरिपोल र भोल्नोभाखाका स्थानीय बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुल्ला गरिने समाचारमा उल्लेख छ । रुस र युक्रेनका अधिकारीहरुबीच भएको दोस्रो चरणको वार्तामा मानबीय सहायताका लागि करिडोर खुलाउने सहमति भएको थियो ।

रुसले युक्रेनमाथि आक्रमण गरेदेखि धेरै युक्रेनी नागरिकको ज्यान गएको छ भने १२ लाख भन्दा बढीले युद्धबाट जोगिन युक्रेन छोडेका अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । रुसले युक्रेनमाथि गरेको आक्रमणको विश्वभर विरोध भइरहेको छ ।