१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१६ बुँदे घोषणा पत्र जारी गर्दै मानव अधिकारसम्बन्धी प्रादेशिक सम्मेलन सम्पन्न


52
Shares

हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा मानव अधिकार रक्षकसम्बन्धी दुई दिने प्रादेशिक सम्मेलन १६ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ ।

शुक्रबारदेखि सुरु सम्मेलनले मानव अधिकारका विषयवस्तु समेटिएर १६ बुँदे घोषणा पत्र जारी गरेको छ । आयोगले एकै पटक सातवटै प्रदेशमा सम्मेलन सुरु गरेको थियो ।

मानव अधिकारका विषयमा सातै प्रदेशबाट आएका घोषणा पत्रलाई थप छलफल गरि एकमुष्ट देशकै घोषणापत्र तयार पारी सरकारलाई बुझाउने आयोगका सदस्य लिली थापाले बताउनु भयो ।

उहाँले तयार पारिएको मानव अधिकारका विषयवस्तलाई सरकारले निर्माण गर्ने नीति नियम र ऐनमा उल्लेख गरि कार्यान्वयन गराउन आग्रह गर्नुभयो ।

प्रादेशिक सम्मेलनमा ३० वटा भन्दा बढी मानव अधिकारका संघसंस्थाका प्रतिनिधि, पत्रकार महासंघका एक सय भन्दाबढीको सहभागिता रहेको थियो ।

घोषणा पत्रमा प्रदेशस्तरमा मानव अधिकार रक्षकहरुको अवस्थाको बारेमा छलफल, अध्ययन, विश्लेषण गरिनुका साथै रक्षकहरुको भूमिका र जवाफदेहिताको अवस्था, समिक्षा र आगामी दिनमा उनीहरुको भूमिकालाई समेटिएको छ ।