१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सम्पदा पुनर्निर्माणको काम छुटेको भए जानकारी गराउन महानगरको आह्वान


78
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्र सम्पदा पुनर्निर्माणको काम कहीँ छुटेको भए जानकारी गराउन आह्वान गरेको छ ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रायः सबै सम्पदाहरूको पुनर्निर्माणको काम भइसकेको दाबी गर्दै कहीँ छुटेको भए जानकारी गराउन महानगरबासीलाई आह्वान गर्नुभएको हो ।

काठमाडौंको क्षेत्रपाटीमा निर्माण गरिएको धर्मकीर्ति विहारको विस्तारित भवनको उद्घाटनपछि सञ्चारकर्मीहरूसँग उहाँले महानगरबाहिरका सम्पदाहरूको पुनर्निर्माणमा पनि काठमाडौं महानगरपालिकाले सहयोग गरेको बताउनुभयो ।

शाक्यले चुनावमा आफूहरूले गरेको प्रतिवद्धता अनुसार नै सम्पदाहरूको पुनर्निर्माणको कामले गति लिएको दाबीसमेत गर्नुभयो ।

महानगरपालिकाले पूरातात्विक महत्वका सम्पदा पुनर्निर्माणको कामलाई अघि बढाउने गरी स्पष्ट नीति लिएको र सोही अनुसार काम भइरहेको बताउनुभयो ।