८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मुस्ताङमा हिमपहिरोमा परेर १५ चौरी मरे


286
Shares

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर १५ वटा चौरी मरेका छन् ।

छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको गोठमा रहेका १५ वटा चौरी मरेका हुन् ।

शनिबार बिहानको हिमपहिरोमा परेर अरु १० वटा चौरी हराएको बताईएको छ ।

चौरी बास बसेको खर्कमा बिहान ३ बजे हिउँपहिरो खसेको थियो ।

हिउँदमा चिसो छल्न बेशी सारिएका चौंरीगोठ गर्मी बढेपछि लेकतर्फ लगिदैथियो । मानापाथी हिमालको फेदीमा रहेको छिप्लिङ, हेपिम, हुम्लुङ, पड्के, ह्याङ्लिङ, सरेका खर्कमा हिमपहिरो खस्ने गर्छ ।

गत कात्तिक २९ गते पनि मानापाथी हिमालबाट हिमपहिरो खस्दा २१ वटा चौंरी मरेका थिए ।