१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


१ एक करोड ५० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ


2.249k
Shares

काठमाडौं । १ एक करोड ५० लाख नगदसहित प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई पक्राउ गरेको छ ।

उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरेको हाे। पक्राउ पर्नेमा भारतको सिलिगुडि घर भैई हाल काठमाडौ महानगरपालिका वडा नम्बर १३ ताहाचल बस्ने वर्ष ३२ का अमित अग्रवाल , काठमाडौको कालिमाटीका वर्ष २६ का नक्कली सुनको गहना व्यापार गर्दै आएका बिक्की खडगी रहेका छन ।

उनीहरुलाई महाशाखाको टोलिले काठमाडौंको ताहचलबाट श्रोत नखुलेको १ एक करोड ५० लाख रुपैयाँ सहित पक्राउ गरेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरु अवैध हुन्डी कारोबारी भएको महानगरिय अपराध महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक कृष्ण कुमार कोइरालाले बताउनु भयो ।

पक्राउ परेकाहरुलाइ थप अनुसन्धानको लागि बरामद रकम सहित राजश्व अनुसन्धान बिभाग पठाईने महाशाखाले जनाएको छ ।