
काठमाडौं । खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज (साेमबार) हिमालयन शेर्पा क्लब र आयोजक सुदुरपश्चिम–११ बीचप्रतिस्पर्धा हुँदैछ ।
धनगढी रंगशालामा दिउँसो ३ बजे हुने खेलमा दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । हिमालयनले जन जागृति युवा क्लबलाई ४–० ले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो।
आयोजकले सिधै क्वाटरफाइनल खेल्न लागेको हो । आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ ।
उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्