
पाँचथर । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्र गुरुङले छिटो र चुस्त तरिकाले सूचनादिन सरकारी कार्यालयहरूलाई निर्देशन दिनुभएको छ ।
पाँचथरको फिदिममा मंगलबार आयोजित सूचनाको हकसम्बन्धी छलफल कार्यक्रममा प्रमुख आयुक्त गुरुङले सूचना दिन आनाकानी नगरी मागेको सूचना छिटो र छरितो तरिकाले दिन सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारीलाई निर्देशन दिनुभएको हो ।
कार्यक्रममा बोल्दै फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले सूचना अधिकारीको व्यवस्थापनका लागि राज्यले छुट्टै कर्मचारीको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । कर्मचारीको व्यवस्था भए सुशासनमा थप बोज कम हुने उहाँको भनाइ छ ।
कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालय प्रमुख, सूचना अधिकारी, सञ्चारकर्मी, सुरक्षा अधिकारी एवं सर्वसाधारणहरू सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्