
काठमाडौं । अष्ट्रेलियामा भिषण वर्षासँगै आएको बाढीका कारण २ जनाको मृत्यु भएको छ ।
बाढीले अस्ट्रेलियाको पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाढी कारण सिड्नीका दशौँ हजार बासिन्दालाई घर खाली गरेर सुरक्षित स्थानमा जान अपील गरिएको छ । बाढीको जोखिम सिड्नी केन्द्रित भएको भन्दै त्यहाँका सर्वसाधारणलाई सचेत तुल्याइएको हो ।
पछिल्लो १५ दिनमा अष्ट्रेलियाको न्यू साउथ वेल्स र क्वीन्सल्याण्डमा मुसलधारे वर्षा हुँदा जनजीवन गम्भीर रुपमा प्रभावित हुँदा क्रममा २० जनाको मृत्यु भएकोथियो ।
बाढीले घर-घरमा पानी पसेकाले सयौं घरका सरसामान नष्ट हुनुका साथै यातायात सेवा समेत ठप्प भएको छ ।
प्रतिक्रिया दिनुहोस्