
Web Pic
काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ जिरोमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक बर्दियाको बासगढी नगरपालिका–४ घर भएर इलाका प्रहरी कार्यालय हाकुरे दरबन्दी भई अस्थाई प्रहरी पोष्ट बनगाई दाङमा कार्यरत प्रहरी जवान २८ वर्षीय हिरालाल थारुको मृत्यु भएको हो ।
मंगलबार बेलुकी सवा ७ बजे लु १ च ८११९ नम्बरको स्कारपियो जिपले घर बिदा सकाएर कार्यालय तर्फ फर्किँदै गरेका थारु सवार भे ५ प ७१५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।
ठक्कर दिने जिप सहित चालकलाई प्रहरी चौकी अगैयाले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्