१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेपाली मुद्रा अहिलेसम्मकै कमजोर


1.898k
Shares

काठमाडौं । नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउ उच्च हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको हो ।

आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १ सय २२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय २३ रुपैयाँ ४४ पैसा तोकेको छ ।

पछिल्लो समय लगातार अमेरिकी मुद्रा बलियो बन्दै गएको छ ।

राष्ट्र बैंकले अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएको र पछिल्लो समय रुस–युक्रेन युद्धको असरसमेत डलरको मूल्यमा परेको बताउँछ ।

विश्वव्यापी रुपमा पछिल्ले समय डलरको माग उच्च छ । माग उच्च हुँदा यसले मूल्य बढेको हो । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ ।