१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झापामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु


39
Shares

काठमाडौं । झापाको कन्काई नगरपालिका–९ घैलाडुब्बामा बुधबार बेलुकी एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मे १ च ५२५ नम्बरको एम्बुलेन्सले स्थानीय ३६ वर्षीय उमेश थापालाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका थापाको उपचारको क्रममा बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

एम्बुलेन्स सहित चालक भने इलाका प्रहरी कार्यालय अनारमनी झापाले नियन्त्रणमा लिएको छ ।