
काठमाडौं, फागुन २४ । भगवती जोशीद्वारा लिखित बाल कवितासंग्रह ‘पुतलीको बिहे’लाई अंग्रेजी भाषामा पनि अनुवाद गरी प्रकाशन गरिएको छ ।
२०६० सालमा प्रकाशित कवितासंग्रहलाई चित्रसहित परिमार्जित गरेर पुनः प्रकाशन गरिएको हो ।
गोधुली साहित्य प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बाल कवितासंग्रहकोबारे परिचर्या गरियो ।
लेखिका जोशीले कवितासंग्रहमा बालबालिकाहरुको विगत र वर्तमान परिवेशको भिन्नता प्रस्ट्याउने कोसिस गरेको बताइन् ।
कार्यक्रममा सहभागी साहित्यकारहरुले अंग्रेजी भाषामा अनुवाद गरिएको कवितासंग्रह विदेशी बालबालिकामाझ पनि लोकप्रिय हुने विश्वास व्यक्त गरे ।
कवितासंग्रहमा २२ ओटा कविता समावेश गरिएको छ ।
कार्यक्रममा कवितासंग्रह प्रकाशनमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्