
काठमाडौं । इंग्लिस फुटबल क्लब चेल्सीका रसियन मालिक रोमन अब्रामोभिचलाई बेलायत सरकारले प्रतिबन्ध लगाएको छ ।
रुसले युक्रेनमाथि आक्रमण गरेको विरोधमा रुसी सरकारका वरिष्ठ अधिकारी एवं अर्बपतिहरु यतिबेला युरोपियन तथा अमेरिकी सरकारको निशानामा परिरहेका छन् ।
बेलायत सरकारले बिहीबार चेल्सीका मालिक अब्रामोभिचसहित केही धनाढ्यलाई प्रतिबन्धमा राखेको हो ।
बेलायतको यो निर्णयसँगै प्रिमियर क्लब चेल्सीको भविष्यमाथि संकेट देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्