१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश १ सरकारले सामुदायिक विद्यालयमा नयाँ सिकाइ नीति अख्तियार गर्ने


117
Shares

विराटनगर । प्रदेश १ सरकारले सामुदायिक विद्यालयमा नयाँ सिकाइको नीति अख्तियार गर्ने भएको छ ।

ओखलढुंगास्थित चिसंखुगढीमा रहेको नवर्निमित जालपा मावि भवनको उद्घाटन गर्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले नयाँ सिकाई अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

अझै पनि सामुदायिक तथा सरकारी विद्यालयका विद्यार्थीलाई बन्द कोठा भित्र नै शिक्षा दिइरहेको भन्दै नवीन सिकाइको प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

परम्परागत सिकाइ अझै पनि हाबी भइरहेको भन्दै उहाँले सामुदायिक विद्यालयका विद्यार्थीलाई अब नयाँ ढङ्गको सिकाई प्रदान गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । कोठाभित्र ल्याएर थुनेर मात्र विद्यार्थीले ज्ञान प्राप्त गर्न नसक्ने उहाँको तर्क छ ।

विद्यार्थीमैत्री विद्यालय बनाउन निर्देशन दिँदै मन्त्री कार्कीले जीवन उपयोगी शिक्षा नै आजको आवश्यकता भएकाले शिक्षामा नयाँ नीति प्रदेश सरकारले अख्तियार गर्ने बताउनुभएको हो ।