
काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमाले प्रवेश गर्नुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वीरगञ्जको मेयर निर्वाचित सरावगी आफ्ना समर्थकसहित एमाले प्रवेश गर्नुभएको हो ।
सरावगीलाई शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएको हो । सरावगीलाई पार्टी प्रवेश गराउने कार्यक्रममा प्रभु साह, रघुवीर महासेठजस्ता मधेसका प्रभावशाली एमाले नेतासमेत उपस्थित थिए ।
आगामी स्थानीय तहको चुनावमा पुनः वीरगञ्जको मेयरमा उम्मेदवारी दाबी गर्दै आउनुभएका सरावगी केही समयअघि देखि नै एमाले प्रवेशका लागि नेताहरूसँग परामर्शमा हुुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्