
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहितामा अघिल्लो निर्वाचनमा भन्दा कडा नीति अवलम्वन गर्ने भएको छ ।
आयोगका अनुसार यस पटकको निर्वाचनमा दल वा दलका उम्मेदवारहरुले अघिल्ला निर्वाचनमा जस्तो पोष्टर र पम्पलेट मार्फत प्रचारप्रसार गर्न पाउने छैनन् । टिसर्ट, ह्याट, र झण्डाको प्रयोगमा पनि आयोगले रोक लगाएको छ । उम्मेदवारले फ्लेक्स बोर्ड प्रयोग गर्न नपाउने तथा मतदातालाई प्रभाव पर्ने गरी गतिविधिहरु गर्न नपाउने गरी आचार संहिता तयार भईरहेको बुझिएको छ ।
आयोगले राजनीतिक दल तथा दलका उम्मेदवारहरुलाई मात्र नभई आफुले गर्ने खर्चमा समेत ब्यापक कटौती गर्ने जनाएको छ ।
आयोगले कर्मचारीको दरबन्दी जहाँ छ त्यहीं राख्न यसअघि नै आग्रह गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्