३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


सप्तरीमा आगलागी हुँदा २ करोडको क्षति


39
Shares

काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ टेङ्ग्री टोलमा भएको भीषण आगलागीबाट २५ वटा घरमा क्षति पुगेको छ ।

शनिबार राति दिनेश यादवको घरबाट सल्किएको आगोले दुई करोड रुपैयाँभन्दा धेरैको नोक्सानी पुर्‍याएको बताइएको छ ।

आगो बिहान ३ बजेतिर निभाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आगलागी हुनुको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।