
काठमाडौ । इतिहास शिरोमणि बाबुराम आचार्यको १३५ औं जन्मजयन्ती मनाइएको छ ।
आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको सहकार्यमा १३५ औं जन्मजयन्ती मनाइएको हो ।
सो अवसरमा विभिन्न व्यक्तित्वहरुले ईतिहास शिरोमणि आचार्यले नेपालको इतिहासको अन्वेषणमा पुर्याउनु भएको योगदान बारे चर्चा गरेका थिए । इतिहास शिरोमणिको जन्मजयन्तीकै अवसरमा विचार गोष्ठी समेत आयोजना गरिएको थियो । विचार गोष्ठीमा प्राध्यापक डाक्टर गोबिन्द टण्डनले इतिहास शिरोमणि र उहाँको योगदानबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका महासचिव बाबुराम आचार्यले कोरोनाका कारण प्रतिष्ठानले सोचे अनुसार काम गर्न नसकेको भन्दै आउँदा दिनहरुमा इतिहास शिरोमणिसंग सम्वन्धित विभिन्न विषयमा अझ खोज अनुसन्धान साथ काम गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । उहाँले इतिहास शिरोमणिको नाममा प्रज्ञा प्रतिष्ठान र सरकारले सगरमाथा पुरस्कार घोषणा गर्न सहयोग गरेकोमा आभार समेत व्यक्त गर्नुभयो ।
इतिहास शिरोमणिको जन्म वि.सं १९४४ फागुन २९ गते काठमाडौंमा भएको थियो ।उहाँको निधन २०२९ भदौ २१ गते भएको थियो ।
प्रतिक्रिया दिनुहोस्