२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सर्वोच्चका प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन संसदीय सुनुवाइ समितिको आह्वान


130
Shares

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।

समितिले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट उच्च अदालत विराटनगरका मुख्य न्यायाधीशमा प्रस्तावित श्रेष्ठविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाईको कार्यविधि अनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र १० दिनपछि समितिको बैठमा सुनुवाईको काम प्रारम्भ हुने बताउनुभयो ।

उहाँले यो सूचना सर्वसाधारण लगायत सबै सरोकारवालालाई जारी गरिने बताउनुभयो ।

सभापति कर्णले मंगलबारबाट उक्त सूचना सरोकारवाला निकाय र आम नागरिकहरुमा जाने बताउनुभयो ।