१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युक्रेनी महिलाको दर्दनाक पीडा,रुसी आक्रमणको डरले आफ्नो बच्चा समातेर रोइन


195
Shares

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज(सोमबार) १९ दिन पुगेको छ ।

रुसले युक्रेमाथि बमबारी गर्न थालेयता २५ लाख भन्दा बढी युक्रेनीले युद्धबाट ज्यान जोगाउन आफ्नो देश छोडेर छिमेकी देशहरुमा शरण लिन पुगेका छन् । यो युद्धमा सयौं युक्रेनीको ज्यान गएको छ ।

रुसी आक्रमणले कैयौं युक्रेनी बालबालिका र महिलाहरूलाई उनीहरुको परिवारबाट समेत अलग गराएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार युक्रेनी नागरिक समेत रुसी आक्रमण बिरुद्ध युद्ध मोर्चामा उत्रिएर युक्रेनको सेनालाई सघाइ रहेका छन् । युद्ध मोर्चामा गएका आफ्ना परिवारका सदस्य फर्किएर आउने हुनकि होइनन् भन्ने कुरा सम्बन्धित परिवारका महिला र बालबालिकाको पीडादायी अवस्था निकै दर्दनाक छ । संभव भएसम्म बालबालिका र महिलाहरू घर र बंकरहरूमा लुकी रहेका छन् । यो युद्धमा एउटी युक्रेनी महिलाले रुसी आक्रमणको डरले आफ्नो बच्चालाई काखमा समातेर रोइरहेको तस्बीर अहिले निकै भाइरल भएको छ । जसले सबैको ध्यान तानेको छ । जो निकै पीडादायी छ ।

रुसी आक्रमणले युक्रेनका नागरिकहरुको परिवारलाई छिन्न भिन्न पारेको छ । घरमा बसेको अवस्थामा कतिबेला मरिने हो भन्ने युक्रेनी नागरिकमा डर र त्रास छ । युक्रेन भन्दा शक्तिशाली मानिएको रुसले युक्रेनका विभिन्न शहरहरु आफ्नो नियन्त्रणमा लिएको छ । युक्रेनको राजधानी समेत रहेको कीभ नियन्त्रणका लागि उसले अन्तिम प्रयास गरिरहेको छ । युक्रेनी सेनाले पनि रुसी सेनासंग हार मानेको छैन् । दुबै पक्षका सेनाबीच भीषण युद्ध भइरहेको संचार माध्यमहरुले जनाएका छन् । रुसले युक्रेनका सबैजसो संरचनाहरु बमबारी गरेर ध्वस्त बनाइदिएको छ । युक्रेनका नागरिकहरुले पर्याप्त पानी र खाना खान पाएका छैनन् ।