
एजेन्सी । इथियोपियाको पश्चिमी क्षेत्रमा अज्ञात सशस्त्र समूहको आक्रमणमा परी ६४ जनाको मृत्यु भएको छ ।
जातीय हिंसाले ग्रस्त बेनिशाङ्गुल–गुमुज क्षेत्रको मेटेकेलमा श्रृङखलाबद्ध आक्रमण भएको जनाइएको छ । यो घटना मार्च २ भएको र ढिलो गरी रिपोर्ट गरिएको हो । आक्रमणमा मारिनोमा २० सैनीक पनि रहेका छन् ।
दिनभर सुरक्षकर्मी र सशस्त्र लडाकुबीच चलेको दोहोरो भिडन्तमा ३० आक्रमणकारी पनि मारिएको सरकारी अधिकारीहरुलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
त्यस्तै दास्रो दिनको भिडन्तमा थप ११ जनालाई जिउँदै जलाएर हत्या गरिएको समाचारमा जनाइएको छ । इथियोपियाली सरकारले घटनामा संलग्न दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको छ ।
धेरै जातिय समुह रहेको गुमुज क्षेत्रका लडाकु १६ महिनाभन्दा बढी समयदेखि केन्द्रीय सरकारको शासनविरुद्ध लडिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्