८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


साउदीका विदेशमन्त्रीले आज राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने


130
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहनु भएका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले आज राष्ट्रपति बिद्यादेबी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

साथै आजै परराष्ट्रमन्त्री डा. नारायण खड्काले राजकुमार फैसलसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

भेटवार्तापछि दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

साउदी अरबका विदेशमन्त्रीले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा मन्त्री खड्काले आज दिवा भोज दिनुहुने छ । आजै अपराह्न उहाँ स्वदेश फर्कनु हुनेछ ।

२३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विदेशमन्त्री फैसल निजी विमान मार्फत सोमबार नेपाल आउनुभएको हो ।