२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


साफ यू–१८ महिला च्याम्पियनसिपः आज नेपाल र भारत भिड्दै


182
Shares

काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल आज मंगलबारबाट भारतको जमसेदपुरमा सुरु हुँदैछ ।

यू–१८ महिला साफको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग बेलुका सवा ७ बजे खेल्ने छ ।

नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । यस्तै, भारत पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।

प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा चैत ३ गते बंगलादेशसँग खेल्ने छ । यस्तै, नेपालले फेरि भारतसँग चैत ७ गते र बंगलादेशसँग चैत ९ गते खेल्ने छ ।

अंक तालिकाको शीर्ष टोलीले उपाधि जित्ने छ ।