
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको विशेषता र आवश्यकता सुहाउँदा सर्तहरू राखेर एडिबीले परियोजनामा लगानी गर्नुपर्ने धारणा राख्नुभएको छ ।
ऋण लिने भनेर हामीलाई अप्ठ्यारो पार्नु नुहने भन्दै उहाँले नेपालको विशेषता र आवश्यकताका आधारमा सर्तहरू राखेर परियोजना अघि बढाउन एडिबीलाई आग्रह गर्नुभयो ।
एडिबीले नेपालमा कार्यान्वयन गरिरहेका विभिन्न परियोजनाको बार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्र्दै अर्थमन्त्री शर्माले ठूला परियोजनाहरूमा अझै दातृ निकायको ऋण आवश्यक परेको र यसरी ऋण दिँदा विकसित देशमा प्रयोग हुने नबिन प्रविधिसमेत भित्र्याएर सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
ऋण लगानीमा निर्माण हुने परियोजना कार्यान्वयनमा आएपछि सोही ऋण तिर्न सक्ने प्रतिफलयोग्य हुनुपर्ने अर्थमन्त्री शर्माको भनाइ छ । छलफलमा सहभागी विभिन्न मन्त्रालयका प्रतिनिधिहरुले समन्वयको अभाव भएको बताएका थिए ।
मन्त्री शर्माले समन्वय हुन नसक्नु कर्मचारीकै कमजोरी भएको बताउनुभयो । उहाँले समन्वय गर्न कर्मचारीबीच तालमेल नहुँदा विकासमा अवरोध भएको समेत बताउनुभयो ।
नेपालमा एबिडीको हाल ४ खर्ब ९ अर्ब रूपैयाँ लगानीका परियोजना संचालनमा रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्