१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अनुमतिविना प्याराग्लाइडिङ गर्ने विदेशी नागरिक पक्राउ


169
Shares

बैतडी । अनुमतिविना प्याराग्लाइडिङ गरिरहेका एकजना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुख्खा फलफूल विकास केन्द्रको डाँडाबाट नियन्त्रणमा लिइएको हो । उनले मुस्याचौर क्षेत्र र पुर्चौडी क्षेत्रमा प्याराग्लाइडिङ गरेका थिए ।

अनुमति विना प्याराग्लाइडिङ गरेकोले नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो ।

‘नियन्त्रणमा रहेका जेल्नरले पोखराबाट बसमा आएको भनेर भनेका छन्,’ उहाँले भन्नुभयो, ‘बसमा आएको टिकट छैन, पासपोर्ट पनि पोखरामै छ भनेको छ ।’

जेल्नरसँग अष्ट्रियामा प्याराग्लाइडिङ गर्ने अनुमति भए पनि नेपालका लागि नभएको भारतीले बताउनुभयो । मार्च ३० सम्म नेपालमा रहने पर्यटक भिसा रहेका उनलाई आवश्यक कारबाहीका लागि मंगलबार नागरिक उडड्यन कार्यालय धनगढी पठाइएको छ ।

प्याराग्लाइडिङ पर्यटन मन्त्रालय नागरिक उड्डयन प्राधिकरण र स्थानीय प्रशासनबाट अुनमति लिनुपर्ने हुन्छ । अनुमतिविना प्याराग्लाइडिङ गरेमा २५ हजारसम्म जरिवाना हुनसक्ने जनाइएको छ ।