
बागलुङ । बागलुङको तमानखोलामा प्याराग्लाइडिङ दुर्घटनामा ब्रिटिस नागरिक माक्किन्टोस डोनाल्ड गम्भीर घाइते भएका छन् ।
बुधबार दिउँसो ४ बजे तमानखोला गाउँपालिका–१ सिनिका भन्ने स्थानमा प्याराग्लाइडिङ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिनुभयो ।
प्याराग्लाइडिङ रुखमा अड्केर भुइँमा खसेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीचौकी बुङ्गादोभानमा खबर गरेका थिए ।
खबर पाउनासाथ प्रहरी नायव निरीक्षक पदम बहादुर नेपालीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगि स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको भण्डारीको भनाइ छ ।
घाइते डोनाल्डको सामान्य उपचार पश्चात थप उपचारको लागि डाइनेस्टि एयरको हेलिकप्टर मार्फत पोखरा पठाइएको प्रहरीले जनाएको छ । उनको ढाड र बायाँ हातमा चोट लागेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्