२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गाउँ–गाउँ जान सांसदहरूलाई ओलीको निर्देशन


169
Shares

काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनमा केन्द्रित हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।

बुधबार बसेको संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले सांसदहरूलाई चुनाव केन्द्रित हुन र गाउँ–गाउँ जान निर्देशन दिनुभएको हो ।

अध्यक्ष ओलीले गाउँ गएर केन्द्रीय गतिविधि र संसद विघटनको विषयमा पार्टीको धारणा प्रष्ट राख्न आग्रह गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

सांसदहरूलाई आफ्नो हैसियत र मर्यादा नखोजी जनताको नङमासु जस्तो भएर काम गर्न पनि ओलीले सांसदहरूलाई निर्देशन दिनुभएको हो ।

एमाले अध्यक्षसमेत रहेका ओलीले स्थानीय चुनावमा एमालेले ६५ देखि ७० प्रतिशत स्थानमा विजय हासिल गर्ने दावी गर्नुभयो । उहाँले केही ठाउँमा तालमेल भए पनि अधिकांश ठाउँमा एमाले एक्लैले प्रतिस्पर्धा गर्ने बताउनुभयो ।