१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बैक अफ काठमाण्डूद्वारा डिबेन्चर २०८६ (क)को बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त


117
Shares

काठमाडौं । बैंक अफ काठमाण्डूले डिबेन्चर २०८६ (क)को बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

बैंकले १ हजार रुपैया अंकित दरको ११ लाख कित्ताले हुन आउने १ अर्ब १० करोड रकम बराबरको बिओके डिबेन्चर २०८६ (क), ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १० दशमलव ५० प्रतिशत रहेको छ ।

उक्त सम्झौतामा बैंक अफ काठमाण्डूका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले बुधबार (२०७८ चैत २ गते) हस्ताक्षर गर्नुभएको हो ।

काठमाण्डौको कमलपोखरी स्थित मुख्य कार्यालय रहेको बैंक अफ काठमाण्डू लिमिटेड कम्पनी ऐन बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो । सो बैंक तत्कालिन बैंक अफ काठमाण्डू लिमिटेड तथा लुम्बिनी बैंक लिमिटेड एक आपसमा गाभिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार २०७३ असार २४ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न स्वीकृति प्राप्त गरी “क” वर्गको वित्तीय संस्थाको हैसियतले बैंकिङ्ग कारोवार सञ्चालन गर्दै आएको छ ।

बैंकले ९९ शाखा, ८७ एटिएम र १० एक्सटेन्सन काउन्टरहरुका मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।