
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ ।
भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको हो ।
बढेको मूल्य राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । बढेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ पर्नेछ ।
डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ ।
यसअघि आजै दिउँसो निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ मूल्य बढेर आएको विज्ञप्ति निकालेको थियो ।
विज्ञप्तिमा भारतबाट पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको जनाइएको थियो ।

सम्बन्धित समाचारः–
भारतले लिटरमै १६ रुपैयाँ बढाएर पठायो पेट्रोलको मूल्य
प्रतिक्रिया दिनुहोस्