
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आफ्नो चुनाव चिन्ह ‘तिर’ राख्ने भएको छ ।
पार्टी अध्यक्ष कमल थापाले बुधबार साँझ सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफ्नो पार्टीको चुनाव चिन्ह ‘तिर’ भएको जानकारी गराउनुभएको छ ।
अध्यक्ष थापाले सनातन संस्कृति एवं पौराणिक मान्यतामा तिरलाई शक्ति, बहादुरी र लगनशीलताको प्रतिक मानिने आफूहरुलाई अहिले त्यसकै खाँचो भएको बताउनुभयो ।
उहाँले तिरमा प्राप्त हुने प्रत्येक मत सकारात्मक परिवर्तनको आधार हुने दाबी गर्नुभएको छ ।
यसअघि राप्रपाको अध्यक्षमा रहेको कमल थापा पार्टीको एकता महाधिवेशनमा पराजित भएसँगै राप्रपा नेपाल नामक दल गठन गरेर अध्यक्ष बन्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्