१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


होलीमा रमाए विदेशीहरु (फोटो फिचर)


208
Shares

काठमाडौं । काठमाडौंमा होली पर्व मनाइरहँदा नेपालीसँगै विदेशी पर्यटकहरु पनि होलीको रङमा रंगिएका छन् ।

नेपाल भ्रमणमा आएका उनीहरुले ठमेल, न्यूरोड, वसन्तपुरलगायतका स्थानमा नेपालीसँगै आपसमा रङ दलेर खुसी साटासाट गरेका हुन् ।

नेपालीसँगै होलीको रङमा रमाएका विदेशी पर्यटक, जसलाई होलीबारे खासै जानकारी छैन । तरपनि उनीहरु रमाए, नेपालीहरुसँगै ।

यो पर्वको आकर्षणले उनीहरुलाई पनि तानेको प्रस्ट देख्न सकिन्छ ।

पर्यटकहरुले हर्षोल्लासपूर्वक नेपालको सांस्कृतिक पर्व होलीको मजा लिएका हुन् ।