
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ढोरपाटनलाई गण्डकी प्रदेशको समृद्धिसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ ।
बाग्लुङका विभिन्न कार्यक्रममा सहभागी हुँदै उहाँले नेपालको एकमात्र सिकार आरक्षका रुपमा रहेको ढोरपाटन स्वदेशमा मात्रै नभएर विदेशमा पनि चासो र चर्चा पाएको स्थल भएकाले यसलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्नेमा जोड दिनुभएको हो ।
ढोरपाटनसहित आसपासका क्षेत्रमा पूर्वाधार निर्माणसँगै नागरिकको अपेक्षा अनुरुप विकासका गतिवधि अघि बढाउन सरकार प्रतिबद्ध भएको भन्दै मुख्यमन्त्री पोखरेलले प्राथमिकताअनुसार योजना तय गरिने पनि बताउनुभयो ।
विद्यमान कानुनी अड्चनलाई अन्त्य गर्नेतर्फ सरकार गम्भीर भएको भन्दै सरकारले वन ऐन ल्याउने तयारी गरेको पनि जानकारी दिनुभयो ।
ढोरपाटन सिकार आरक्षबाट भइरहेका कामबारे मुख्यमन्त्रीले जानकारी समेत लिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्