१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री देउवाले गरे खिम्ती पावर सब–स्टेसनको उद्घाटन


247
Shares

रामेछाप । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार खिम्ती पावर सब–स्टेसनको उद्घाटन गर्नुभएको छ ।

रामेछापको मन्थली नगरपालिका–१३ स्थित देविटारमा निर्मित सब–स्टेसनको उद्घाटन गर्नु भएको हो ।

खिम्ती सब–स्टेसन २ सय २० र १ सय ३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको अहिलेसम्मको नेपालकै दोश्रो ठूलो सब–स्टेसन हो ।

स्वदेशी लगानीमा निर्माण गरिएको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लट चार अन्तर्गतको २ सय २० केभी प्रसारण लाइन र १ सय ३२ केभीको सब–स्टेसन निर्माणको काम पूरा भएको हो ।

सब–स्टेसनले गोंगरबाट आएको २ सय २० केभी लाइनलाई खिम्ती हुँदै ढल्केबरसम्म जोड्नेछ । न्यू खिम्ती सब–स्टेशनमा ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुली जोडिएको छ । ५२ दशमलव ४ मेगावाट क्षमताको लिखु दोस्रो र २४ दशमलव १ मेगावाट क्षमताको लिखु ए जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोडिएको छ ।

यस अघि आजै प्रधानमन्त्री देउवाले दोलखास्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकन गर्नुभएको थियो