
काठमाडौं । एसीसी एसिया कप टी—२० क्रिकेट प्रतियोगिता श्रीलंकामा आयोजना हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) को बैठकले एसिया कप क्रिकेट अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म श्रीलंकामा गर्ने निर्णय गरेको हो ।
एसिया कपमा टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनोट प्रतियोगिताबाट आउने १ राष्ट्र गरी कूल ६ टिमको सहभागिता रहने छ ।
छनोट प्रतियोगिता अगस्ट २० अगाडि आयोजना हुने एसीसीले जनाएको छ । यस्तै बैठकले कतार क्रिकेट एसोसियसनलाई एसीसीको पूर्ण सदस्यता प्रदान गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्