
Web Pic
काठमाडौं । पर्साको ठोरी गाँउपालिका–३ मा आज (आइतबार) बिहान साढे ३ बजे टेम्पो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने टेम्पोमा सवार अन्य २ जना सामान्य घाइते भएका छन् ।
रामनगरबाट बिजयवस्ती तर्फ जादै गरेको प्रदेश २–०३–००१ ह ६२८ नम्बरको टेम्पो नियन्त्रण गुमाएर दुर्घटना हुँदा पर्साको ठोरी गाँउपालिका–४ का अन्दाजी ३५ वर्षीय बिर बहादुर विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, दुर्घटनामा घाइते भएका ठोरी–३ का खेल बहादुर विश्वकर्मा र बिजय सुनारलाई उपचारको लागी स्थानीय मेडिकल पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्