१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजापुर नगरपालिका बर्दियाकै उत्कृष्ट


4.498k
Shares

बर्दिया । राजापुर नगरपालिका जिल्लाकै उत्कृष्ट नगरपालिका भएको छ ।

राष्ट्रिय प्राकृतिकश्रोत तथा वृत्त आयोगको प्रतिवेदनले राजापुर नगरपालिकालाई बर्दियाकै उत्कृष्ट नगरपालिकाको सुचिमा राखेको हो ।

राजापुर नगरपालिकाले कार्य सम्पादन मूल्याङ्कनको सुचकांङ्कमा ६९.२६ अंक प्राप्त गरेको हो ।

जिल्लामै उत्कृष्ट नगरपालिकामा परेकाले बित्तीय समानीकरण अनुदान वाफत आर्थिक वर्ष २०७९/८० का लागि राजापुर नगरपालिकाले जिल्लामै सबैभन्दा बढी ६० लाख रुपैयाँ अनुदान पाउने भएको छ ।

जिल्लामै उत्कृष्ट नगरपालिकाको सूचीमा पर्दा कर्मचारीहरुलाई कामगर्न हौस्याएको र यस कार्यलाई थप ऊर्जाका रूपमा लिने राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले बताउनुभयो ।