
काठमाडौं । बिहीबारदेखि ललितपुरको जावलाखेलस्थित खेल मैदानमा ‘२३ औं फ्लोरा एक्स्पो’ सुरु हुँदैछ ।
फ्लोरिकल्चर एशोसिएशन नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी यही चैत्र १० देखि १३ गतेसम्म हुन लागेको एक्स्पोबारे विस्तृत जानकारी गराएको हो ।
‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ मेला हुँदैछ ।
एक्स्पोमा पुष्प व्यवसाय संचालनका लागि आवश्यक औंजार समेत राखिने एशोसिएशनका वरिष्ठ उपाध्यक्ष एवम् एक्स्पो संयोजक शिबबहादुर खड्काले जानकारी दिनुभयो ।
एक्स्पोमा अफिसिएल स्टल ४, प्रतियोगितात्मक २ र व्यावसायिक ५६ सहित कूल ६२ वटा स्टल रहनेछन् ।
स्टलमा रहेका फूलविरुवाहरूबीच प्रतिस्पर्धा गराई उत्कृष्ट हुने पुष्प व्यवसायीलाई पुरस्कृत समेत गरिने जनाइएको छ ।
एक्स्पोको ४५ हजारले अवलोकन गर्ने र करिब ७५ लाखसम्मको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्