१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


सबै स्थानीय तहमा गठबन्धन मिलेर चुनाव लड्ने सम्भावना छैन : उपेन्द्र यादव


234
Shares

काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आगामी स्थानीय तहको निर्वाचनमा सबै तहमा सत्तागठबन्धन मिलेर चुनाव लड्ने सम्भावना नभएको बताउनुभएको छ ।

सोमबार वीरगञ्जमा स्थानीय नेता राजेशमान सिंहलाई पार्टी प्रवेश गराउँदै उहाँले सबै तहमा गठबन्धन सम्भव नरहेको भन्दै जहाँ–जहाँ सम्भव हुन्छ त्यहाँ गठबन्धन गरेर चुनाव लड्ने बताउनुभयो ।

सम्भव नभएका ठाउँमा एक्लाएक्लै मित्रवत ढंगले चुनाव लड्ने उहाँको भनाइ छ ।

अध्यक्ष यादवले मधेशी जनताको अधिकारका लागि आफ्नो पार्टीले सदन र सडक दुवै ठाउँबाट संघर्ष गरिरहने बताउनुभयो ।

यादवले निर्वाचनलाई कम खर्चिलो बनाउन निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनुपर्ने पार्टीको अडान पनि दोहोर्‍याउनुभयो ।

अहिलेको निर्वाचन प्रणाली, शासकीय स्वरुप, न्यायिक प्रणालीसमेत बदल्नुपर्ने उहाँको भनाइ थियो ।